Logo
Logo

बिपी राजमार्ग खुल्न कम्तिमा पाँच दिन लाग्ने


5.9k
Shares

सिन्धुली । दुई दिनदेखिको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएको छ । रोशी खोलाले गत वर्ष बनाएको अस्थायी डाइभर्सन बगाएपछि बिपी राजमार्ग पूर्णरूपमा बन्द भएको हो ।

सडक डिभिजन भक्तपुरका अनुसार बिपी राजमार्ग खुल्न कम्तीमा पाँच दिन लाग्नेछ । डिभिजनका साइट इन्जिनियर दुर्गाप्रसादका अनुसार आज पनि रोशी खोलामा बहाव घटेको छैन । खोलाको बहाव घटेपछि बल्ल डाइभर्सन बनाउन सुरू गरिने भइको छ ।

अहिले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म पूर्णरूपमा सडक अवरूद्ध छ । भकुण्डेयता धुलिखेलसम्म पनि केही स्थानमा सडक भासिएको छ भने पहिरो खसिरहेको छ ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले करिब १३ किलोमिटर सडक कटान गरेको थियो । कटान गरिएकामध्ये सडक डिभिजन भक्तपुरले करिब ५ किलोमिटर खण्डमा अस्थायी ट्र्याक खोलेको थियो । उक्त सडक खण्डमध्ये कतिपय खोलाको किनारबाटै खोलिएको थियो ।

सडक डिभिजनले वर्षाअगाडि पुनः त्यस ट्र्याकलाई उकासेर खोलाको सतहभन्दा माथि ल्याएको थियो । तर, त्यसरी बनाइएको अस्थायी डाइभर्सन अहिले पूरै बगाएको छ ।

बिपी राजमार्ग पुनर्निर्माण गर्ने गरी चारवटा खण्डमा विभाजन गरी ठेक्का लगाइएको छ । तर, ठेकेदार भने परिचालन भइसकेको छैन । चार खण्डमध्ये एक खण्ड जाइकाले बनाउने समझदारी भएको छ । बाँकी तीन खण्ड सडक विभागले बनाउने गरी ठेक्का लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्