Logo
Logo

विपद्मा नेपाललाई सहयोग गर्न तयार छौँ : मोदी


567
Shares

काठमाडौं । नेपालमा शुक्रबारदेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् । उनले नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: modi-1.gif

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, ‘नेपालमा भारी वर्षाका कारण भएको जनहानि र क्षति अत्यन्त दुखद छ । यो कठिन घडीमा भारत नेपालका जनता र सरकारसँग ऐक्यबद्ध छ । मैत्रीपूर्ण छिमेकीका रूपमा भारत आवश्यक सहयोग प्रदान गर्न पूर्ण प्रतिबद्ध छ ।’

नेपालका पहाडी र तराई क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ । ४९ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा बस्तीहरू डुबानमा परेका छन् भने सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुगेको छ । उद्धार र राहत कार्य जारी छ । 

प्रतिक्रिया दिनुहोस्