Logo
Logo

मोरङ कारागारमा बन्दीको मृत्यु


1k
Shares

विराटनगर । मोरङ जिल्ला कारागारमा एक बन्दीको मृत्यु भएको छ।  शनिवार दिउँसो उर्लाबारी नगरपालिका–६, मोरङका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो ।

The current image has no alternative text. The file name is: morang.gif

कारागार प्रशासनका अनुसार उनी लागुऔषधसम्बन्धी मुद्दामा बन्दी थिए । जिल्ला अदालत मोरङले २०८१ पुस २९ गते सार्कीलाई पुर्पक्षका लागि कारागार पठाएको थियो ।

उनको मुद्दा विचाराधीन रहेको छ  । सार्कीलाई न्यून रक्तचाप र बान्ताको समस्या देखिएपछि शनिवार दिउँसो कोशी अस्पतालमा भर्ना गरिएको थियो। तर, भर्ना भएको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्