Logo
Logo

जेनजी आन्दोलनमा लुटिएको ३०३ राइफल दमकमा फेला


4.9k
Shares

काठमाडौं । झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ ।

आज बिहान स्थानीयवासीले बन्दुक फेलापरेको जानकारी दिएपछि इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोलीले उक्त हतियार फेला पारेको हो ।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेलापरेको सो हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित भएको पुष्टि भएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त हतियार इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्