Logo
Logo

जेनजी प्रदर्शन: क्षतिको विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध


378
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा २३ र २४ भदौमा भएका क्षतिहरूको विवरण पठाउन जाँचबुझ आयोगले अनुरोध गरेको छ ।

The current image has no alternative text. The file name is: Gauri_Bahadur_Karki.jpg

आयोगले आइतबार विज्ञप्ति जारी गरी काठमाडौंलगायत देशका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण तोकिएको ढाँचामा पठाउन आग्रह गरेको हो ।

आयोगले क्षतिको विवरण पठाउने ढाँचा सार्वजनिक गर्दै घटनालाई पुष्टि गर्ने प्रमाणहरू-जस्तै श्रव्य दृश्य, फोटो र कागजात-उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्