Logo
Logo

प्रत्यक्ष निर्वाचित कार्यकारीको सुनिश्चितता नै जेनजीको बटमलाइन: मिराज ढुङ्गाना


693
Shares

काठमाडौं । जेनजी समुहका एक नेता मिराज ढुङ्गानाले विदेशमा रहेका नेपालीलाई मत दिने व्यवस्था गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था सुनिश्चित बटमलाइन भएको बताएका छन् ।  

The current image has no alternative text. The file name is: miraj-dhungana2025-10-01-14-41-16.jpg

मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आइतबार पत्रकार सम्मेलन गर्दै जेनजीहरुको बटमलाइन यही भएको बताएका हुन् । 

उनले भने, ‘विदेशमा रहेका नेपाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हाम्रो बटमलाइन हो । यो विना निर्वाचनमा गइँदैन । ८० लाख नेपाली बाहिर बस्नुहुन्छ । यसलाई हेलचेक्रयाई गर्नु हुन्न । २६ प्रतिशतलाई छुटाउने कुरा हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्