Logo
Logo

हमासले रिहा गर्ने बन्धकको सूचीमा परेनन् विपिन जोशी


945
Shares

काठमाडौं । हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ ।

प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार हमासले आज रिहा गर्न लागेको २० जना बन्धकहरूको सूची सार्वजनिक गरेको हो । जसमा नेपालका विपिन जोशीको नाम छैन ।

बीबीसीका अनुसार सर्वजनिक गरिएका सूचीमा बार कुपरस्टाइन, एव्यातार डेविड,योसेफ–चाइम ओहाना, सेगेव काल्फनअविनातान ओर एल्काना बोहबोट ,म्याक्सिम हेरकिन, निमरोड कोहेन रहेका छन् ।

त्यस्तै माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ–डलाल, रोम ब्रास्लाब्स्की एरिएल कोनियो छन् । उनीहरु सबै इजरायजी बन्धक हुन् ।

प्रतिक्रिया दिनुहोस्