तेहरान । इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले सोमबार गाजा युद्ध अन्त्य गर्न इजिप्टको शर्म अल-शेखमा सोमबार हुने अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा तेहरानले भाग नलिने बताएका छन् ।

कूटनीतिक संलग्नताको पक्षमा हुँदा, पनि राष्ट्रपति र इरानी जनतालाई आक्रमण गर्ने धम्की र प्रतिबन्ध जारी राख्ने समकक्षहरूसँग संलग्न हुन नसक्ने अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्स मार्फत जनाएका हुन् ।
यद्देपी इरानले गाजामा इजरायलको ‘नरसंहार’ अन्त्य गर्ने र इजरायली सेनाको निष्कासन सुनिश्चित गर्ने सबै पहललाई स्वागत गर्ने उनले बताएका छन् ।
अराघचीले प्यालेस्टिनीहरू आत्मनिर्णयको मौलिक अधिकार सुरक्षित गर्न पूर्ण रूपमा हकदार भएको जनाउँदै सबै राज्यहरूले उनीहरूलाई यस विषयमा सहयोग गर्नु पर्ने बताएका छन् ।
उनले इरान सधैँ यस क्षेत्रको शान्तिका लागि एक ‘महत्त्वपूर्ण पक्षधर भएको उल्लेख गर्दै इजरायलको विपरीत, इरानले “सदाका लागि युद्ध’ नभई स्थायी शान्ति, समृद्धि र सहयोग चाहने बताएका छन् ।
शर्म अल-शेखमा सोमबार हुने शिखर सम्मेलनमा २० भन्दा बढी देशका नेताहरूले भाग लिने कार्यक्रम तय भएको जनाइएको छ ।











