काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती अर्थशास्त्रीलाई प्रदान गरिएको छ।

द रोयल स्विडिस एकेडेमी अफ साइन्सेसका अनुसार अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका जोएल मोकिर, बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सका फिलिप अगियोंन र अमेरिकाको ब्राउन विश्वविद्यालयका पिटर होविटलाई पुरस्कृत गरिएको हो।
मोकिरलाई प्रविधिगत प्रगति मार्फत दिगो आर्थिक वृद्धिका पूर्वसर्त पहिचान गरेको योगदानका लागि पुरस्कारको आधा भाग दिइनेछ। बाँकी आधा भाग अगियोंन र होविटलाई ‘रचनात्मक विनाशमार्फत दिगो आर्थिक वृद्धिको सिद्धान्त’ विकास गरेको योगदानमा संयुक्त रूपमा प्रदान गरिनेछ।














