Logo
Logo

गुप्तचरका कार्की कांग्रेसको सुराकी


14.2k
Shares

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का प्रमुख टेकेन्द्र कार्की अहिले भारत भ्रमणमा पुगेका छन् । आफ्नो विभागलाई बलियो बनाउनुपर्ने, सुराकी संयन्त्रलाई बलियो बनाउने जिम्मेवारी पाएपछि उनी भारत पुगेका हुन् । नेपालको राजनीतिमा विदेशी हस्तक्षेप भएको आरोप विभिन्न राजनीति दलहरूले लगाएका बेला कार्की भारत पुगेका छन् ।

वरियतामा दोस्रो नम्बरमा रहेका कार्कीलाई सुशीला कार्कीको सरकारले विभागको प्रमुख बनाएको हो । उनी कांग्रेसका पुराना कार्यकर्ता हुन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासँग उनको पुरानो र नजिकको सम्बन्धसमेत रहेको छ । गुप्तचरमा आउने सबै सूचनाहरू अहिले पनि उनले कांग्रेस नेताहरुकँहा पुग्ने गरेका छन् ।

उनै कार्की अहिले ३ सदस्यीय टोलीको नेतृत्व गर्दै भारत पुगेको विभाग स्रोतले जनाएको छ । उनी ३ दिन भारत भ्रमणमा रहनेछन् । भारतको विदेशी गुप्तचर संस्था रअ प्रमुख पराग जैनसँग औपचारिक चिनारी र सम्बन्ध सुदृढीकरणका लागि कार्की भारत गएका हुन् । नयाँ गुप्तचर प्रमुख नियुक्त भएपछि भारत भ्रमणमा जाने परम्परा रहँदै आएको विभाग स्रोतले जनाएको छ । भ्रमण टोलीमा विभागका डिआइजी कृष्ण खनाल र भक्तपुरका एसपी टेकराज तिमिल्सिना पनि छन् ।

आतंकवाद, लागूऔषध, मानव बेचबिखन लगायतमा दुवै देशका गुप्तचरले मिलेर काम गर्ने बताइएको छ । भ्रमण टोलीमा कांग्रेसका अर्का कार्यकर्ता रहेका एसपी तिमिल्सना पनि सहभागी गराएका छन् । उनी विवादित पनि हुन् । तिमिल्सना हुतराज थापाको समयमा पनि विदेश गइरहने पात्र हुन् ।

कांग्रेस नेता भूपेन्द्रजंग शाहीसँग निकट सम्बन्ध रहेका तिमिल्सना जन्मजय तिमिल्सिनाका पनि नातेदार हुन् । गुप्तचरका दुई जना उप–अनुसन्धान निर्देशकहरू टेकराज तिमिल्सिना र प्रकाश आचार्यको आफूलाई २०८८ सालपछिको प्रमुख ठान्ने गरेका छन् ।

यसअघि तत्कालीन मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी र अनुसन्धान निर्देशक लक्ष्मण गुरूङको अर्दली जस्तै भएर प्रशासन महाशाखामा काम गरेका आचार्यको भक्तपुर जिल्ला प्रमुखबाट विभागको प्रशासन महाशाखामा सरूवा गरिएको छ ।

प्रशासन महाशाखामा रहेर र काम गरेका तिमिल्सिनाको भक्तपुरमा सरूवा भएको थियो । उनी लामो समयदेखि भक्तपुरमा रहेका छन् । प्रायः जिल्ला प्रशासन र मालपोत कार्यालयमा उनी भेटिने गर्छन । आचार्यको जन्म घर भने गुल्मी भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्