Logo
Logo

झापाका कैदीबन्दीद्वारा बाढीपीडितलाई नगद सहयोग


315
Shares

झापा । झापा कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि नगद सहयोग गरेका छन् ।

जिल्लामा गत साता आएको बाढीका कारण विस्थापित परिवारहरूलाई कैदीबन्दीहरूले स्वेच्छिक रूपमा रकम सङ्कलन गरी कारागार कार्यालय प्रमुख रेवन्त भट्टराईलाई आज रु एक लाख २० हजार ५१० हस्तान्तरण गरेका हुन् । कार्यालय प्रमुख भट्टराईका अनुसार उक्त रकम जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ ।

कैदीबन्दीका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुहुँदै आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावतीले भन्नुभयो, “थोरै भए पनि पीडितहरूका लागि राहत होस् भन्ने सोचका साथ सबै कैदीबन्दीले सहयोग गरेका हुन् ।”

प्रमुख भट्टराईले झापा कारागारमा कैदीबन्दीहरू सिर्जनात्मक कार्यमा संलग्न रहँदै आएको उल्लेख गर्नुभयो । उहाँले विपद्को घडीमा पनि मानवीय भावनासहित सहयोग गरेकोमा कृतज्ञता व्यक्त गर्नुभयो । उहाँका अनुसार झापामा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा एकद्वारा प्रणालीबाट राहत वितरण भइरहेको छ ।

हाल झापा कारागारमा एक हजार ५१९ पुरुष र ७६ महिला गरी जम्मा एक हजार ५९५ कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्