
काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
आज बिहान कैलालीको सुख्खडबाट बडीकेदार गाउँपालिका–३ तर्फ गइरहेको सुपप्र ०१००१ च ४६५१ नम्बरको बोलेरो जिप
सापट भाँचिएर पल्टिँदा बडीकेदार गाउँपालिका–३ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको हो ।
दुर्घटनामा सलामीको घटनास्थलमै मृत्यु भएको र अन्य यात्रु भने सुकुशल रहेको प्रहरीले जनाएको छ ।














