Logo
Logo

नख्खु कारागारबाट भागेका कैदी गुल्मीमा पक्राउ


378
Shares

गुल्मी । नख्खु कारागारबाट फरार कैदी गुल्मीबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका गुल्मी धुर्कोट गाउँपालिका-७ थेप्चेका ३६ वर्षीय भरत भन्ने साजन अर्याल पक्राउ परेका हुन् ।

The current image has no alternative text. The file name is: arrested_pakrau.jpg

भरत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । अर्याल घरमै लुकी बसिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गतको प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

अर्याललाई पक्राउ गर्न प्रहरी सहायक निरीक्षक दीपक शाहको कमाण्डमा खटिएको थियो । पक्राउ परेका अर्याललाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय तम्घास गुल्मीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्