Logo
Logo

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता


441
Shares

सियोल । नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका ८० जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएको दक्षिण कोरियाको विदेश मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ ।

The current image has no alternative text. The file name is: cambodiya.gif

मन्त्रालयका एक अधिकारीका अनुसार सन् २०२५ को जनवरीदेखि अगस्टसम्म ३३० जना दक्षिण कोरियाली नागरिक कम्बोडिया पुगेका थिए । तीमध्ये केही व्यक्ति बेपत्ता भएका वा आफ्नै इच्छा विरुद्धमा राखिएको रिपोर्ट गरिएको छ । तीमध्ये हालसम्म करिब ८० जनाको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयले घटनासँग सम्बन्धित तथ्याङ्कहरू दोहोरो नहोस् भनेर गृह मन्त्रालय र प्रहरी डाटासँग क्रस-जाँच भइरहेको पनि जनाएको छ ।

सन् २०२३ मा कम्बोडियामा दक्षिण कोरियालीहरू संलग्न अपहरण वा अवैध हिरासतका करिब २१ घटना दर्ता भएका थिए । तर गत वर्ष यो सङ्ख्या तीव्र गतिमा बढ्दै २२१ पुगेको र यो वर्षको अगस्टसम्म १५ गुणासम्म वृद्धि भएको सांसद युन हु-डुकले संसदीय सुनुवाइमा बताए । 

हालै कम्बोडियामा एक दक्षिण कोरियाली कलेज विद्यार्थीको मृत्युको घटनाले दक्षिण कोरियाली समाजलाई गहिरो आघात पुर्‍याएको छ । ती विद्यार्थीको मृत्यु स्थानीय अपराधी समूहद्वारा अपहरण र यातना पश्चात् भएको बताइएको छ ।

सरकारका अनुसार धेरै दक्षिण कोरियाली नागरिकहरू उच्च तलबको प्रलोभनमा परेर कपटपूर्ण रोजगारी प्रस्तावमा फसेका छन् । राष्ट्रपति ली जे म्युङले मङ्गलवार मन्त्रिपरिषद्को बैठकमा कम्बोडियामा भएका हालका अपहरण घटनाले ‘दक्षिण कोरियालीहरूलाई गम्भीर क्षति पुगेको’ बताउँदै ती घटनाप्रति गहिरो चिन्ता व्यक्त गरे ।

‘यो सङ्ख्या सानो छैन । हाम्रा नागरिकहरू आफ्ना परिवारका सदस्य, साथी तथा छिमेकीहरू बेपत्ता भएकोमा अत्यन्त चिन्तित छन्’,उनले भने, ‘सरकारले हाम्रा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सबै उपलब्ध उपाय तुरुन्तै लागू गर्नुपर्छ ।’

राष्ट्रपति कार्यालयले दोस्रो उप-विदेशमन्त्रीको नेतृत्वमा संयुक्त प्रतिक्रिया टोली बुधवार कम्बोडिया पठाउने तयारी भएको जनाएको छ । साथै, राष्ट्रपतिका प्रवक्ता किम नाम-जुनका अनुसार सरकारले कम्बोडियाको यात्रा सल्लाह स्तर बढाउने विषयमा पनि विचार गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्