
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलमा केहिबेरअघि केन्द्रीय कमिटी बैठक सुरु भएको हो । बैठकमा अहिले महासचिव शंकर पोखरेलले सम्बोधन गरिरहेका छन् ।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो । आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ ।














