Logo
Logo

जेनजी आन्दोलनले अपदस्थ नेताहरूलाई सुरक्षा थ्रेटको रूपमा देखायो : गृहमन्त्री


1.7k
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेका नेताहरूबाट सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताएका छन्।

The current image has no alternative text. The file name is: omprakash-.jpg

मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “जो अपदस्थ भए त्यहाँबाट सुरक्षा चुनौती थप्ने गतिविधि भइरहेको छ। हामीले निगरानी गर्दै सुरक्षा सुनिश्चित गरिरहेका छौं।”

अर्यालले विस्थापित नेताहरूले आफ्नो कुशासनको कारण बोध गर्नुपर्ने तर त्यो नभएको र वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको स्पष्ट पारे।

उनले भने, “पार्टीमा अरू योग्य मान्छे छन् भन्ने बोध हुनुपर्थ्यो, तर अहिले अपदस्थ नेताहरूले प्रतिरोध बढाइरहेका छन्।”

मन्त्री अर्यालले व्यक्तिगत थ्रेटका लागि निवेदन दिन सकिने र त्यसको मूल्याङ्कन गरी तत्काल सुरक्षा उपायहरू अपनाइने पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्