Logo
Logo

राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, २० यात्रुको मृत्यु


252
Shares

काठमाडौँ । भारतको राजस्थान राज्यको जैसलमेरदेखि जोधपुर जाँदै गरेको निजी एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ।

The current image has no alternative text. The file name is: Aaglagi.jpg

घटनास्थल पुगेका मुख्यमन्त्री भजनलाल शर्मा र विधायक प्रताप पूरीका अनुसार बसबाट मृतक सबैको शव निकालिएको छ। प्राथमिक उपचारपछि घाइतेहरूलाई जोधपुर अस्पतालमा रेफर गरिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गर्दै पीडित परिवारसँग समवेदना जनाए। उनले मृतक परिवारलाई २ लाख भारतीय रुपैयाँ राहत र घाइतेको उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गर्नुभयो।

बसमा आगलागी मंगलबार दिउँसो जैसलमेरबाट जोधपुरतर्फ जाँदै गर्दा भएको थियो।

प्रतिक्रिया दिनुहोस्