Logo
Logo

हमासले हतियार नछोडे फेरि युद्ध सुरु हुने ट्रम्पको चेतावनी


1k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले हतियार नछोडे इजरायलले फेरि गाजामा युद्ध सुरु गर्ने चेतावनी दिएका छन् ।

बुधबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले हमासले आफ्ना सबै हतियारहरू त्याग्नुपर्ने र त्यसो नगरे इजरायलले पुन युद्ध सुरु गर्ने चेतावनी दिएका हुन् ।

रिपोर्टअनुसार, ट्रम्पले हमासले युद्धविराम सम्झौताको आफ्नो भागलाई कार्यान्वयन नगरे इजरायली सेनाले गाजामा लडाइँ ‘जतिबेला पनि’ पुनः सुरु गर्न सक्ने चेतावनी दिएका छन् ।

ट्रम्पले भने, ‘मैले भन्नेबित्तिकै इजरायल ती सडकहरूमा फर्किनेछ ।’ उनले इजरायललाई युद्धबाट ‘रोक्नुपरेको’ पनि दाबी गरेका छन् । ट्रम्पले भने, ’हमाससँग जे भइरहेको छ – त्यो चाँडै ठीक हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्