Logo
Logo

भीम रावलको कारबाही फिर्ता हुनुपर्छ : झपट रावल


2.6k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने माग राखेका छन् । 

The current image has no alternative text. The file name is: bhim-jhapd.jpg

पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् । त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए ।

उनले भने, ‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन । भीम रावल लगायत सबैको कारबाही फिर्ता हुुनपर्छ ।’ उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।

‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्गपरक बनौँ,’ रावलको आग्रह थियो, ‘देश गम्भीर सङ्कटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मणको सम्भावना टरेको छैन ।’

जनता एकातिर हुँदा पार्टी सदस्यहरू भने अर्कोतिर हिँडिरहेको उनको भनाइ छ । बैठकमा अन्य सदस्यहरूले पनि विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्न नमिल्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्