Logo
Logo

विश्व बैङ्कबाट १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय


1.1k
Shares

काठमाडौं । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि विश्व बैङ्कबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 

The current image has no alternative text. The file name is: mantri.gif

बैठकले नेपाल र भारतबिच आपराधिक गतिविधि सम्बन्धमा पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृति गर्ने निर्णय गरेको  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए ।

नेपालले अन्य मुलुकहरूसँग आवश्यकताअनुसार फौजदारी मामिलामा पारस्परिक कानुनी सहायता सन्धि गर्न वार्ताको लागि प्रस्ताव गर्ने सम्बन्धी ‘ट्रिटी अन म्युचअल लिगल एसिस्टेन्स इन क्रिमिनल म्याटर्स’ स्वीकृत गर्ने र आवश्यकताअनुसार कूटनीतिक माध्यमबाट विभिन्न मुलुकसमक्ष पठाउन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्