Logo
Logo

हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता


819
Shares

काठमाडौं । हुलास स्टिल उद्योगले बिजुलीको बक्यौताबाफतको पहिलो किस्ताको रकम तिरेको छ । हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले ५० लाख ४३ हजार रुपैयाँ तिरेको हो । 

The current image has no alternative text. The file name is: hulash.jpg

सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलासले २०७२ साल माघ महिनादेखि २०७५ वैशाख महिनासम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ थियो । उसले सो रकम तिर्न २८ किस्ताको सुविधा लिएको थियो ।

त्यसमध्ये पहिलो किस्ताको रकम तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्