काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशमा व्याप्त भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्न फाइलहरू खोलिएर काम सुरु भएको बताएकी छिन् ।

शुक्रवार कूटनीतिक नियोगका प्रमुख र राजदूतहरूलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएकी हुन् । ‘हामीले पारदर्शिता प्रवर्द्धन गर्न र सार्वजनिक कोषको दुरुपयोग रोक्न राष्ट्रिय बजेट संशोधन गरेका छौँ । साथै, भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारबाही गर्न फाइलहरू खोलिसकेका छौँ,’ उनले भनिन् ।
वर्तमान सरकारले जबाफदेहिता सुनिश्चित गर्न तत्काल कदम चालिरहेको उनले बताइन् । ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा सबैभन्दा धेरै फौज पठाउने देशका रूपमा हामीलाई गर्व छ,’ प्रधानमन्त्री कार्कीले भनिनन्, ‘यो विश्व शान्तिप्रतिको हाम्रो सानो तर महत्त्वपूर्ण योगदान हो ।’














