Logo
Logo

सिंहदरबार आगजनीबारे सेनाले दियो स्पष्टीकरण


1.4k
Shares

काठमाडौं । भदौ २४ गतेको सिंहदरबार आगजनी घटनाबारे नेपाली सेनाले स्पष्टीकरण दिएको छ । युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै भने, ‘सिंहदरबारलगायतका संरचनाबारे उठेका प्रश्नहरू जायज छन्, र हामी तिनलाई स्पष्ट गर्न चाहन्छौं । राष्ट्रिय सम्पदाहरूमा भएको क्षति दुखद् छ, तर तत्कालीन परिस्थितिमा सेनाको कारबाही उचित र सटीक थियो ।’

The current image has no alternative text. The file name is: nepali-army.jpg

उनका अनुसार, आन्दोलनका क्रममा तनावपूर्ण अवस्था सिर्जना भएको थियो, जसमा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएको थियो ।  ‘सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रण उपाय अपनाएको थियो,’थापाले भने । सिंहदरबार क्षेत्रमा भिड नियन्त्रणका लागि दुई चरणमा गरी ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए ।

‘यी फायरहरू चेतावनीका लागि मात्र थिए र जमिनतर्फ नभई हावातर्फ गरिएको थियो,’ उनले भने । थापाले कुनै पनि नागरिकमाथि प्रत्यक्ष आक्रमण नभएको दाबी गरे । उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन र राष्ट्रका महत्त्वपूर्ण संरचनाहरूको सुरक्षामा थप सतर्कता अपनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्