Logo
Logo

संविधान संशोधनमार्फत राष्ट्रिय सभालाई थप अधिकार दिनुपर्ने माग


378
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले प्रतिनिधिसभा विघटनजस्ता विशेष परिस्थितिमा राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

The current image has no alternative text. The file name is: bamdev-1.gif

काठमाडौंमा आयोजित अन्तरक्रियामा सदस्य वामदेव गौतमले राष्ट्रिय सभा एक्लैले नीतिगत निर्णय गर्न नसक्ने उल्लेख गर्दै, अधिकार सीमित हुँदा भूमिका सीमित भएको बताए।

अर्की सदस्य सुमित्रा बिसीले जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन र चुनावमा केन्द्रित हुन सरकारलाई आग्रह गरिन्। सदस्य विष्णु विश्वकर्माले संसदको अधिवेशन चाँडै आह्वान गर्नुपर्ने माग राख्दै संसद खुला हुनुपर्नेमा जोड दिए।

पूर्वसचिव राजेन्द्र फुँयालले विषम परिस्थितिमा राष्ट्रिय सभाले एक्लै कानुन बनाउन सक्ने अधिकार संविधानमै व्यवस्था गर्न सकिने सुझाव दिए। सहभागीहरूले राष्ट्रिय सभाको औचित्य स्थापित गर्दै त्यसलाई मजबुत बनाउन राजनीतिक सहमति र संवाद आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्