काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि शनिवार दिउँसो १ बजे पुनः बस्ने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा २८ असोजदेखि सुरु भएको बैठकमा शुक्रबार पनि केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखेका थिए।

शुक्रबारको बैठकमा रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहितलगायतले आफ्ना विचार प्रस्तुत गरे।
त्यस्तै, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल र दिनेश कोइरालाले पनि धारणा राखेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।














