Logo
Logo

ट्रकको ठक्करबाट ८४ वर्षीया वृद्धाको मृत्यु


315
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मल बस्तिमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान चितवनबाट हेटौँडा आउँदै गरेको ना.८ ख १२५६ नम्बरको ट्रकले ठक्कर दिँदा पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी स्याङतानको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

ठक्कर दिने ट्रक चालक धनुषाको मिथिला नगरपालिका–६ का २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्