Logo
Logo

बेंगलुरु जाँदै गरेको बसमा आगलागी, १० जनाको मृत्यु


819
Shares

एजेन्सी । भारतको हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भएको आगलागीबाट बस पूर्ण रूपमा ध्वस्त भएको छ । दुर्घटनाको समयमा बसमा ४२ जना यात्रु सवार थिए । मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ ।

जानकारी अनुसार मोटरसाइकल बससँग ठोक्किएर, त्यसको मुनि गएर तेलको ट्याङ्कीमा ठोक्किएर आगो लागेको देखिएको छ ।

प्रहरीका अनुसार सर्ट सर्किटका कारण बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा आगोमा जल्यो । बाँचेका धेरैजसो यात्रुहरू २५ देखि ३५ वर्ष उमेरका रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्