Logo
Logo

नयाँ दल दर्ताका लागि १५ निवेदन, आयोगले कागजात अध्ययन गर्दै


567
Shares

काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका निम्ति निवेदन दिइएका १५ दलको कागजात अध्ययन गरिरहेको छ ।  आगामी फागुन २१ गते हुने गरी प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरिनुअघि १० दल दर्ताका निम्ति निवेदन दिइएको थियो ।

The current image has no alternative text. The file name is: election.gif

निर्वाचन घोषणापछि पाँच दल दर्ताका निम्ति निवेदन दिइएको र तिनका कागजात विचाराधीन अवस्थामा रहेको आयोगको जनाएको छ । 

सामान्यतः आयोगमा दल दर्ताका निम्ति जहिले पनि निवेदन दिन सकिन्छ । तर, ‘जेनजी’ आन्दोलनपश्चात् नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा गरिएको परिवेशमा युवापुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ । प्रक्रिया पुग्नेको आवेदन स्वीकृत हुने आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्