Logo
Logo

मिथिलामा छठ पर्वको तयारी तीव्र


315
Shares

काठमाडौं । मिथिलाञ्चलमा आस्था, शुद्धता र सद्भावको प्रतीक छठ पर्वको तयारी सुरु भएको छ।

The current image has no alternative text. The file name is: chhat-2.jpg

जनकपुरधामलगायत धनुषा, महोत्तरी र आसपासका क्षेत्रमा पोखरी, तलाउ र नदी किनार सरसफाइ तथा घाट सजावट तीव्र बनेको छ। संघीय सरकारले कात्तिक १० गते र मधेश प्रदेश सरकारले भोलिपल्ट सार्वजनिक बिदा घोषणा गरेका छन्।

छठ पर्वमा सूर्य र षष्ठीमाताको पूजा गरिन्छ। चतुर्थीदेखि सुरु हुने यो व्रतमा व्रतालुहरूले शुद्ध साकाहारी भोजन, उपवास र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा पालना गर्छन् । ठकुवा, कसार, केरा, उखु आदि प्रसादका रूपमा चढाइन्छ।

जनकपुरधामका गङ्गासागर, धनुषसागर र अरगजा पोखरीमा हजारौँ व्रतालु भेला हुने अपेक्षा छ। यस पर्वले श्रम, सहकार्य र समानताको सन्देश दिने विश्वास रहँदै आएको छ। पछिल्ला वर्षमा यो पर्व मधेस मात्र होइन, काठमाडौँ र पहाडी क्षेत्रमा पनि उत्साहपूर्वक मनाइने परम्परा बढ्दो छ।

प्रतिक्रिया दिनुहोस्