Logo
Logo

फरार कैदीको गैँडाकोटमा हत्या


1k
Shares

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-१, इँटाभट्टा नजिकै कात्तिक ६ गते राति २८ वर्षीय नारायण कुमालको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। कालिका नगरपालिका–४, पदमपुरका कुमाल जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भीमफेदी कारागारबाट फरार भएका कैदी थिए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार स्थानीय युवाहरूको समूहले आक्रमण गरी कुमालको हत्या गरेको हो । घटनामा संलग्न भएको आशङ्कामा पाँच जनालाई पक्राउ गरिएको छ ।

कुमाल जर्बजस्ती करणी मुद्दामा १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानाको सजाय काटिरहेका थिए । २०७४ साउन ३ गते पक्राउ परेका उनी २०८४ मा सजाय पूरा गरी रिहा हुने तालिकामा थिए । कारागार तोडफोडपछि फरार भएका उनलाई स्वेच्छाले फर्कन आग्रह गरिए पनि उनी सम्पर्कमा आएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्