
एजेन्सी । मलेसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नाराबाजी भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा ट्रम्पको विरोधमा र्याली आयोजना गरिएको थियो ।
प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराएका थिए भने ‘ट्रम्प, मलेसियामा तपाईंलाई स्वागत छैन’ लेखिएको ब्यानर अगाडि प्रदर्शन गरेका थिए ।
मलेसियामा ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाले आफ्नो सीमा विवाद सम्बन्धी ’शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका छन् । एसियाको एक हप्ते लामो भ्रमणमा निस्किएका ट्रम्प आज मात्रै मलेसिया पुगेका छन् ।











