
काठमाडौं । बौद्धस्थित देशकै प्रतिष्ठित पाँचतारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द गरिएको छ ।
व्यवस्थापनले सूचना जारी गर्दै भदौ २३ र २४ जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण होटल अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको हो ।
आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनी हुँदा संरचना र उपकरणमा ठूलो क्षति पुगेको सूचनामा उल्लेख छ ।
सुरक्षा जोखिम र मर्मत–पुनर्निर्माणको आवश्यकता देखिएकाले होटलको सम्पूर्ण व्यवसायिक सेवा बन्द गरिएको होटलले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘मर्मत तथा पुनर्निर्माण कार्य सकिएपछि मात्रै होटल पुनः सञ्चालनमा आउनेछ ।’














