Logo
Logo

राजदूत फिर्ताको कारण पेश गर्न सरकारलाई सर्वोच्चको आदेश


504
Shares

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयको कारण पेश गर्न आदेश जारी गरेको छ । राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610.jpg

निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो । जेनजी आन्दोलनको आडमा बनेको सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई २० कात्तिकसम्म स्वदेश फर्कन निर्देशन दिएको थियो ।

फिर्ता बोलाइएका देशहरूमा चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका र जापान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्