Logo
Logo

रास्वपाले चुनाव केन्द्रित गतिविधिलाई तीव्र पार्ने


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको नेता गणेश पराजुलीले जानकारी दिए ।

The current image has no alternative text. The file name is: rasapa-4.gif

निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरूले पनि पहलकदमी लिनुपर्ने रास्वपाको ठहर छ । पराजुलीले न्याय, सुशासन र भ्रष्टाचारविरुद्धका गतिविधिका लागि सरकारलाई पूर्ण समर्थन गर्ने बताए । 

सरकारको म्यान्डेट निर्वाचन भएकाले सबै राजनीतिक दललाई सहभागी गराउने वातावरण सरकारले बनाउनुपर्ने भन्दै उनले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिइएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि आह्वान गर्ने निर्णय भएको बताए । त्यस्तै, तल्लो तहको अधिवेशन, उम्मेदवार छनोटका लागि मापदण्ड निर्माण, पार्टीको विस्तारित भेलालगायतका विषयमा बैठकमा छलफल भएको छ । सचिवालय बैठक मङ्गलवार पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्