Logo
Logo

निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री सोमबार मधेस जाने


567
Shares

काठमाडौं । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्यालले मधेस प्रदेशको स्थलगत भ्रमण गर्ने भएका छन्।

मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि सहभागी हुनेछन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे जानकारी लिन गृहमन्त्री अर्याल नेतृत्वको टोली भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

सोमबार र मंगलबार सरकारी टोली दुई दिन मधेसमा रहेनछ। त्यस क्रममा उनीहरुले सुरक्षा निकायका विभिन्न कार्यालयको अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन्।

यस्तै छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्