काठमाडौं । पूर्वको झापा र मोरङ दुवै भारतीय सीमा नाकासँग जोडिएका जिल्ला हुन । नेपाली र भारतीय नागरिकको आवतजावत बढी नै हुने जिल्ला भएकाले तस्करले ‘स्वर्णभूमि’ कै लिने गरेका छन् । चाडपर्व र आन्दोलनको मौका छोपेर झापा र मोरङका नाकाबाट व्यापक मात्रामा तस्करी भइरहेको विषयमा सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परिरहेको छ ।

उजुरीअनुसार झापाबाट गोरु र काठ हरेक दिन भारततर्फ तस्करी हुने गरेको छ । हरेक रात १२ बजेपछि सीमा नाकाबाट गोरु बोकेका ट्रक र जिप भारततर्फ जाने गरेका छन् ।
सशस्त्र प्रहरीको झापा गणका एसपी तुला भन्डारीले गोरु र काठ तस्करबाट आर्थिक उपार्जन गरिरहेको स्रोतको दाबी छ । यता, मोरङका नाका पनि यतिखेर तस्करीको लागि ‘स्वर्णभूमि’ भएका छ्न् । मोरङनै घर भएका सशस्त्रका एसपी राजेश घिमिरेले तस्करी रोक्नुको सट्टा मिलेमतो गरिरहेको बताइन्छ । बिहानैदेखि रक्सीको नशामा हुने घिमिरेका कारण जिल्लाका नाकाबाट खुलमखुल्ला तस्करी बढेको छ ।











