Logo
Logo

नयाँ पुस्तालाई नेतृत्वको अवसर दिन राजीनामा दिएँ: बाबुराम भट्टराई


567
Shares

काठमाडौँ । नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई नेतृत्वको अवसर दिन आफूले अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन्।

फाइल फोटो

बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका सबै नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दै नयाँ पुस्तालाई प्रोत्साहन र जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले पद त्यागेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईका अनुसार अब देशको नेतृत्व नयाँ सोच र दृष्टिकोण भएका युवाले गर्नुपर्ने समय आएको छ। उनले हालका पुराना राजनीतिक दलहरूले समयअनुसार रूपान्तरण हुनुपर्ने बताएका छन् ।

भट्टराईले पद त्याग गरे पनि आफ्नो राजनीतिक अभियान र परिवर्तनको यात्राबाट अलग नभएको स्पष्ट पार्दै युवा शक्तिलाई सशक्त बनाउन सरकारको प्रतिबद्धता आवश्यक रहेको बताए।

‘यदि पुनः पुरानै शक्तिहरूको प्रभावमा ढल्किने प्रयास भयो भने इतिहासले त्यसको कठोर मूल्याङ्कन गर्नेछ।’ उनले पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया दिनुहोस्