
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा आक्रमण गर्न सेनालाई आदेश दिएका छन् ।
हमासका लडाकूहरूले युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि (आईडीएफ) गोली चलाएका आरोप लगाउँदै प्रधानमन्त्री नेतान्याहूले तत्काल आक्रमणको आदेश दिएका हुन् ।
इजरायल र हमासबीच २० दिनअघि मात्र युद्धविराम सम्झौता भएको थियो । तर, नेतान्याहूको उक्त आदेशले गाजा क्षेत्रमा तनाव बढाएको छ र शान्तिका प्रयासहरूमा ठूलो झट्का लागेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ सेप्टेम्बरमा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसलाई हमासले ९ अक्टोबरमा स्वीकार गरेको थियो ।











