
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालयमा आज राजीनामा बुझाएका हुन् । उनले आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।
२०५८ साउन १८ मा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेका रानाभाट यसैवर्ष साउनमा एसएसपीमा बढुवा भएका थिए । राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्छ ।











