Logo
Logo

खराब मौसमले हवाइ उडान प्रभावित, अन्तर्राष्ट्रिय जहाज धमाधम ‘डाइभर्ट’


504
Shares

काठमाडौं । प्रतिकूल मौसमका कारण आज आन्तरिक तथा बाह्य हवाई उडान प्रभावित भएको छ । विहिबार बिहानदेखि परेको झरीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन्।

आज कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गराइएको छ ।
त्यस्तै दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट भएको छ । दिल्लीबाटै आएको इन्डिगो एयरको जहाजलाई समेत दिल्ली डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

आज आन्तरिक उडान समेत प्रभावित भएको छ । आज बिहान लुक्लातर्फका निर्धारित उडान रद्द भएका छन् । कम भिजिबिलिटीका कारण जहाज निर्वाध उडान–अवतरण हुन नसेकेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्