जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् ।

बुधवार अपरान्हतिर मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ । स्थानीय सन्ध्या यादवसँगै साइकलमा जाँदै गरेकी बालिकालाई मोटरसाइकलले ठक्कर दिँदा शिवानी गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा राति नै महोत्तरीको जानकी एकेडमिक हस्पिटलमा मृत्यु भएको हो । मोटरसाइकल चालम ठक्कर दिएर भागेका थिए । प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकको खोजतालास गरिरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरी कारबाहीको माग गर्दै स्थानीयले आज कटुधारमा आज बिहान ११ बजेदेखि हाुलाकी राजामार्ग अवरुद्ध गरेका छन् ।
इलाका प्रहरी कार्यालय गौशालामा मृतक परिवार र प्रहरीबीच भएको वार्तामा दुई दिनभित्र दोषी पत्ता लगाएर कारबाही प्रक्रिया अघि बढाउने सर्तमा सडक अवरुद्ध खोल्न तयार रहेको स्थानीयले बताएका छन् ।














