Logo
Logo

सेनाले गर्यो हिडन भ्यालीबाट १५ पर्यटकको उद्धार


189
Shares

काठमाडौं । नेपाली सेनाले मुस्ताङको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका १५ जनाको उद्धार गरेको छ ।

नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको प्रयास पश्चात् आज तीन विदेशीसहित १५ पर्यटकको उद्धार गरेको हो । सेनाका अनुसार हिडन भ्यालीको करिब ४ हजार ९०० मिटरको बतासे डाँडामा फेला पारेर उद्धार गरेको हो ।

उद्धार गरिएका पर्यटकहरूको साधारण स्वास्थ्य परीक्षण पश्चात् नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सहितको संयुक्त उद्धार टोलीले उनीहरुलाई जोमसोम ल्याउने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्