
काठमाडौं । नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच कार्कीलाई गृहसचिव रामेश्वर दंगालले दज्र्यानी चिह्न लगाइदिएका हुन् ।
प्रहरीको ३३औं आईजीपीका रुपमा कार्कीले आज (बिहीबार)देखि नै आफ्नो कमाण्ड सम्हाल्नेछन् । आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा गएपछि मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।
२०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका कार्कीले प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।











