
काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ ।
आयोगको बिहीबारको बैठकले उनलाई विदेश भ्रमणमा रोक लगाई अनुमतिबेगर उपत्यका छाड्न समेत नदिने निर्णय गरेको हो । जुनसुकै बेला बयान लिनुपर्ने भएकाले यस्तो रोक लगाइएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।
यसअघि आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छवि रिजाललाई विदेश भ्रमणमा रोक लगाएको थियो भने अनुमति लिएर मात्र उपत्यका छाड्न पाउने निर्णय गरेका थियो ।
आयोगले जेनजी आनदोलन सम्बन्धी बयान लिन सुरु गरेको छ । हालसम्म आयोगले १३ जनाको बयान लिइसकको छ । आइजिपी हुँदै तत्कालिन गृहमन्त्री र प्रधानमन्त्रीको समेत बयान लिने आयोगको तयारी छ ।












