Logo
Logo

कुमारी बैंक लिमिटेडद्धारा सञ्चालित तीनदिने निःशुल्क पिसीआर परीक्षण क्याम्प सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुमारी बैंक लिमिटेडले हाल द्रूतगतिमा बढ्दै गएको कोभिड–१९को संक्रमणसँग जुध्नका लागि काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी ‘निःशुल्क पिसीआर परीक्षण क्याम्प’ आयोजना गरेको थियो ।

सो क्याम्प यही असोज १९ गते काठमाडौंको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा, २० गते कुमारी बैंकको न्यूरोड शाखामा, तथा २१ गते कुमारी बैंकको पुतलीसडक शाखामा आयोजना गरेको जानकारी बैंकले दिएको छ । क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई पिसीआर परीक्षण गराउने व्यक्तिको कोरोना संक्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको छ ।

भाइरसको संक्रमणले नेपालको स्वास्थ्य संरचनालाई अत्यन्तै मर्माहित तुल्याएका कारण यस्तो अवस्थासँग डटेर लड्ने कदम कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरी चाल्ने प्रयास गरेको हो । कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारी भन्नुहुन्छ, ‘आगामी दिनहरूमा पनि यस्तो विषम परिस्थिति सिर्जना भई हामीले पुनः निःशुल्क क्याम्प आयोजना गर्नुपरेमा हामी दत्तचित्त भई लागि पर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्