
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाह मुद्दामा पक्राउ परेका हुन् ।
नेपालको श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मंगलबार आफैं अदालत उपस्थित भएका डीएसपी नेपालमाथि अदालतबाट तीन दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको उनले बताए । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको र नेपालकी दोस्रो श्रीमतीको पनि खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।











