काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले पार्टी छाडेका छन् । पारिवारिक समस्याका कारण आफूले सक्रिय राजनीतिबाट बिदा लिएका थापाको भनाई छ ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु । साथै सदैव आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमी रहने छैन ।’
थापा म्याग्दीबाट प्रतिनिधिसभा सदस्य समेत रहेका थिए । उनी एमालेबाट २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।











