Logo
Logo

एमाले महाधिवेशन मञ्च निर्माण अन्तिम चरणमा


504
Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च व्यवस्थापन र अन्य तयारीको अन्तिम चरणमा पुगेको छ ।

The current image has no alternative text. The file name is: yamale-3.jpg

नेकपा एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुँदै छ । मञ्च व्यवस्थापन समितिका संयोजक तथा एमाले पोलिटब्युरो सदस्य विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको काम अन्तिम अवस्थामा पुगेको  जनाकारी गराएका हुन् ।  ‘९० प्रतिशत मञ्च व्यवस्थापनको काम सकेका छौँ । २१ गतेबाट सुरु गरेका हौँ’, उनले भने, ‘अबको चार घण्टामा सम्पन्न गर्दैछौँ ।’

उनले भक्तपुरको ऐतिहासिकतालाई ख्याल गर्दै भक्तपुर महाधिवेशनस्थल रोजिएको भन्दै मञ्चको पृष्ठभूमिमा चाँगुनारायणको मन्दिरसहित काठमाडौंका विभिन्न मन्दिरहरू पनि राखिएको जानकारी दिए । 

२२ सय ६२ प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन सत्रमा एमालेले ३ लाख मानिस उतार्ने जनाएको छ । महाधिवेशनमा अन्तर्राष्ट्रिय मित्र शक्तिहरूको शुभकामना पत्र पढिनेछ भने देशका प्रमुख पार्टीका नेताहरूको स्वयं उपस्थित भएर एमालेलाई शुभकामना दिने एमाले नेता राजन भट्टराईले जानकारी दिए ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य तथा स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले १० हजार स्वयंसेवक परिचालन गरिने बताए । त्यस्तै, ५ सय स्वयंसेवक ड्रेस कोडसहित नै परिचालन गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्