Logo
Logo

सामाजिक सञ्जालमा बर्दीसहित पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा


693
Shares

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको पोशाक बर्दी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने २१२ जना सशस्त्र प्रहरीले विभागीय कारबाही भोगेका छन् ।

The current image has no alternative text. The file name is: sasatra-police.jpg

सामाजिक सञ्जाल आचारसंहिताविपरीत बर्दीको दुरुपयोग गरेको ठहरपछि उनीहरूलाई कारबाही गरिएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी मनिष थापाले शुक्रबार पत्रकार सम्मेलनमार्फत २०८० सालदेखि हालसम्म बर्दीसहितका तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ जनामाथि विभागीय कारबाही गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्