Logo
Logo

पूर्वराजाको ‘भान्जा’ बनेर ठग्ने अनुप सिंह फेरि पक्राउ


756
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा हुँ’ भनेर ठग्ने अनुप कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गरेको आरोपमा सिंहलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

The current image has no alternative text. The file name is: arrested.jpg

काठमाडौं महानगरपालिका–२७ असन घर भएर ललितपुर बस्दै आएका सिंह भारत भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट पक्राउ परेका हुन् । उनीसँगै उनका सहयोगी दोलखा घर भएका लड्डु श्रेष्ठ पनि पक्राउ परेका छन् ।

बेलायतमा पूर्व राजपरिवारको लगानीमा ड्रिमल्याण्ड नामको होटल सञ्चालनमा आउन लागेको भन्दै सिंहले सिन्धुली घ्याङलेकका ५० जना भन्दा धेरैलाई ठगेको आरोप छ । आफूलाई मनोज कुमार भनेर चिनाउने सिंह यसअघि पनि ठगी मुद्दामा पक्राउ परेर २०८१ चैत १ मा जेल चलान भएका थिए । जेलबाट छुटेपछि उनले फेरि ठगी धन्दा सुरु गरेको अनुसन्धानबाट खुलेको हो । 

आरोपीहरू विरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । आफू हिमानी ट्रस्टमा समेत आबद्ध भएको बताउने सिंह विरुद्ध अहिलेसम्म ४२ जना पीडितले जाहेरी दरखास्त दिएका छन् । अहिलेसम्म सिंह र उनका सहयोगी श्रेष्ठविरुद्ध ४ करोड ठगेको उजुरी आएको छ । 

सिंहले काठमाडौंको ज्ञानेश्वरमा सञ्चालन गरेको कार्यालयबाट प्रहरीले सरकारी छाप र बेलायतको नक्कली भिसा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्